वर्णक्रम खण्ड
ह
हिस्सीना. [√ हिसी] हिसी; सौन्दर्य ।
हिस्सी परेकोवि. छाँटकाँट मिलेको; ज्यादै सुन्दर (अनुहार, रूप आदि) ।
हिस्सेदारवि. [हिस्सा+दार] १. कुनै किसिमको सम्पत्ति वा व्यवसायमा हिस्सा भएको; भागबन्डाको हकदार; अंसियार । ना. २. त्यस्तो हिस्सा वा हक भएको व्यक्ति ।
हिस्सेदारीना. १. हिस्सेदारको हक; हिस्सा; भाग; अंश । २. साझा; गोस्वारा ।
हिस्स्याइना. [√ हिस्सि (+याइ)] १. हिस्सिने भाव, क्रिया वा प्रक्रिया ।[हिस्स्याउ+आइ] २. हिस्स्याउने भाव, क्रिया वा प्रक्रिया ।
हिस्स्याइनुक.क्रि. हिस्स पारिनु; जिल्ल्याइनु ।
हिस्स्याउनुस.क्रि. [हिस्सी+याउ+नु] १. चाहनाको वस्तु नदिएर वा अवरोध खडा गरेर निराश पार्नु; हिस्स पार्नु । २. खिसिक्क तुल्याउनु; ङिच्च पार्नु ।
हीँवि.बो. १. लाचारी वा लज्जाको भाव व्यक्त गर्दा मुखबाट निस्कने शब्द । क्रि.वि. २. कमजोरी व्यक्त गर्ने चालले; दीनतापूर्वक रुने गरी । ३. हार स्वीकार गरेर लजाउँदै ।
हीँहीँना. १. लाचारी प्रकट गर्ने वा अनकनाएको भाव जनाउने शब्द; हँ–हँ । क्रि.वि. २. केटाकेटी रुँदा निस्कने शब्द जसरी । ३. विनम्र भएर खुसामद गर्दा प्रयोग गरिने शब्द झँ ।
हीनवि [सं.] १. अधम; क्षुद्र; नीच । २. कम; घटी । ३. निन्दा गर्न योग्य; गर्हणीय । ४. गरिब; दीन । ५. पद, मार्ग, स्थान आदिबाट च्युत; भ्रष्ट । ६. नाम पदका पछि गाँसिएर नभएको, रहित, तुच्छ आदि अर्थ बुझाउने शब्द (जस्तो- पुत्रहीन, भाग्यहीन, मतिहीन आदि) ।
हीनताना. हीन हुनाको भाव, गुण वा अवस्था; कमी; न्यूनता ।
हीनताग्रन्थिना. आफूलाई हीन वा कमजोर सम्झने मनोरोग; हीनताबोध ।
हीनताबोधना. आफूलाई हीन सम्झने वा आफू सानो हुँ भन्ठान्ने मानसिक भावना; हीन भावनाको बोध; हीनताग्रन्थि ।
हीनताभासना. हीनताको प्रतीति; हीनत्वबोध ।
हीनत्वना. [सं.] आफूलाई हीन वा कमजोर मान्ने प्रवृत्ति; हीनता ।
हीनबुद्धि/हीनमतिवि. [सं.] बुद्धि नभएको; मतिहीन; मूर्ख ।
हीनयानना. [सं.] कर्मकाण्डपद्धति नमान्ने बौद्धधर्मीहरूको एक सम्प्रदाय; बौद्ध सम्प्रदायका हीनयान, महायान र वज्रयान तीन सम्प्रदायमध्ये एक ।
हीरकना. [सं.] हीरा ।
हीरक जयन्तीना कुनै विशेष व्यक्ति, संस्था, कार्य आदिको जन्म भएको साठी वर्षमा प्रवेश हुँदा मनाइने विशेष उत्सव ।
हीराना. हे. हिरा ।